सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू आजदेखि सर्लाहीको भएको बताएका छन् । आसन्न प्रतिनिधिसभा चुनावमा सर्लाही-४ बाट उम्मेदवारी दिएपछि सोमबार निर्वाचन क्षेत्र पुगेर सम्बोधन गर्दै थापाले आफूले १५ वर्षको अनुभवले सर्लाहीमा काम गर्न आएको बताएका हुन् ।
उनले शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रका काम गर्ने बताएका हुन् । ‘मेरो उम्मेदवारी सर्लाही ४ मा आएको छ । आजदेखि तपाईंको भएको छु । प्रत्येक नागरिकको दुःखमा छु । कुनै माध्यम चाहिँदैन । तपाईंको हक मसँग भएको छ। दुःख, सुखमा जोडिन्छु । म जादुको छडी जस्तो गर्छु भन्दिनँ । तर शिक्षा, स्वास्थ्य, रोजगारीको लागि ज्यान दिएर काम गर्छु,’ थापाले भने, ‘तीनपटकको सांसदको अनुभवालई बोकर यहाँ आएको छ । सर्लाही-४ को काम गर्न यहाँ एउटा कार्यालय हुनेछ । काठमाडौंमा पनि सर्लाही-४ को लागि अर्को कार्यालय हुनेछ । १५ वर्षको अनुभव अब सर्लाही ४ मा प्रयोग गर्छु ।’
कांग्रेस बदिलएको र बदल्ने योजना बोकेर निर्वाचनमा होमिएको उनले बताए ।
