बुटवल । गुल्मी मालिका गाउँपालिका- ४ अर्खावाङ्ग- रुपन्देही सम्पर्क समाजकाे अध्यक्षमा उमेश रेग्मी चयन भएका छन् । शनिबार तिलाेतमा १ स्थित डाली रेष्टुरेन्टमा सम्पन्न सम्पर्क समाजको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट रेग्मीको नेतृत्वका नयाँ कार्यसमिति चयन भएको हो ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर अर्याल, सचिवमा दिपक अर्याल, सहसचिवमा वेदराज अर्याल, कोषाध्यक्षमा सागर अर्याल र लेखा संयोजकमा विक्रम अर्याल चयन भएकाे समाजका निवर्तमान एवं संस्थापक अध्यक्ष विरेन्द्र अर्यालले जानकारी दिए ।
उनका अनुसार सदस्यहरुमा केशवराज रेग्मी, राधा लम्साल अर्याल, संगिता पौडेल, सिता थापा अर्याल, दिपक अर्याल र अनिल अर्याल चयन भएका हुन ।

नवनिर्वाचित अध्यक्ष उमेश रेग्मीले सम्पर्क समाजलाई अझ व्यस्थित गराउँदै सामाजिक कार्यमा सक्रिय गराउने प्रतिबद्धता व्यक्त गरे । उनले विभिन्न पेशा र व्यवसाय गर्दै रुपन्देहीमा रहेका अर्खावाङ्गबासिहरुलाई एकठाउँमा जाेड्ने प्रयास स्वरुप संस्थाकाे उदय भएको भन्दै समाजलाई अझ व्यवस्थित र परिस्कृत गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालकाे प्रमुख आतिथ्यता रहेको थियो ।
२०७० सालमा स्थापना भएको सम्पर्क समाज सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएको छ । समाजले अर्खवाङ्गलाई एम्बुलेन्स प्रदान गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका समाजका सदस्यहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।सम्पर्क समाजमा अहिले ३७ जना आजीवन सदस्य, १ जना मानार्थ सदस्य र ८१ जना साधारण सदस्य रहेका छन् ।
