राष्ट्रिय सभा अध्यक्षमा दाहालको उम्मेदवारी दर्ता,फ्लोरक्रसको सम्भावना कति?

पार्टी भित्रैको असन्तुष्टि राष्ट्रिय सभामा पोखिने त होइन !

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहालले मनोनयन दर्ता गराएका छन् । बानेश्वरस्थित संसद् भवनमा केही बेरअघि दाहालले उम्मेदवारीमनोनयन दर्ता गराएका हुन् ।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका सांसद् गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एसका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

दाहाल सत्ता गठबन्धनका उम्मर्दवार हुन् । नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराउँदै छन् ।

अध्यक्षका लागि मंगलबार चुनाव हुँदैछ । राष्ट्रिय सभाको अंकगणितअनुसार सत्ता गठबन्धनले अध्यक्ष सहजै जित्ने अवस्था छ । तर माओवादी केन्द्र भित्रै दाहाल प्रचण्डका भाइ भएको भन्दै परिवारवादमा प्रचण्ड लिप्त रहेको भन्दै नेता तथा कार्यकर्ता पंत्तिबाट विरोध आएको छ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले गठबन्धन फेरेर मन्त्रिपरिषद पुनःगठनमा माओवादी केन्द्रबाट तीन मन्त्रीलाई निरन्तरता दिएपछि पार्टीभित्र चर्को असन्तुष्टि देखिएको हो।

कांग्रेसलाई बाहिर पठाएर एमालेसहितको गठबन्धनमा प्रधानमन्त्री दाहालले यसअघि गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित परराष्ट्रमन्त्री बनाएका छन् भने उर्जामन्त्रीमा शक्तिबहादुर बस्नेत र सूचना तथा सञ्चार मन्त्रालयमा रेखा शर्मालाई निरन्तरता दिएका छन्।

तीन मध्ये पनि श्रेष्ठको मन्त्रीमा निरन्तरता पाएको विषय शनिबार बसेको माओवादी संसदीय दलको बैठकमा जोडतोडका साथ उठेको हो। दलको बैठकमा सांसद माधव सापकोटाले श्रेष्ठले पार्टीका अरुलाई अवसर नदिइ पटक पटक आफैँ मात्रै अवसर लिएको भन्दै श्रेष्ठमाथि खनिए।

उनले श्रेष्ठलाई ‘मन्त्री खानकै लागि जन्मिएको’ भन्दै कटाक्ष गरेको एक सांसदले बताए। बैठकमा सापकोटाले भने, ‘यसअघि पार्टीभित्रको निर्णय बमोजिम मन्त्री फेरिन्थ्यो। यसपटक पहिल्यै किन? कसरी? निर्णय भयो? विधि प्रक्रिया के हो? यस्ता मनमरी निर्णय मानिदैन, स्वामित्व लिन सकिँदैन।’

संसदीय दलको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बस्नेतलाई निरन्तरता दिएको भन्दै सांसद मायाप्रसाद शर्माले चर्को आलोचना गरे।

उनले भने, ‘जाजरकोटबाट मन्त्री हुने शक्ति बस्नेत मात्रै हो? उहाँ मन्त्री खानकै लागि जन्मिएको होरु अस्तिसम्म उहाँ मन्त्री हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो कसैले थाहा पाएन। तर पनि पटक पटक किन?’

त्यस्तै सूर्यमान दोङले पनि तीन जनालाई मन्त्री दोहोर्याएको भन्दै आक्रोश पोखे। उनले बैठकमा भने, ‘समाजवाद भनेका आफू मात्रै खाने रहेछ।’
सांसद अमनलाल मोदीले सुदिन किराँतीलाई मात्रै निकालेर अरुलाई निरन्तरता दिएको भन्दै आपत्ति जनाए।

मन्त्रिपरिषद पुनः गठन हुन्दा श्रेष्ठले आफूले जसरी पनि निरन्तरता पाउनुपर्ने अड्डी कसेको र त्यसलाई अध्यक्षसमेत रहेका प्रधानमन्त्री मान्न बाध्य भएका थिए। श्रेष्ठ दोहोरिने भएपछि बस्नेत र शर्माले ठूलालाई राखेर ‘हामी सानालाई चाहिँ निकाल्ने भन्दै’ बार्गेनिङ गर्दा मन्त्रीमा तीनै जनाले निरन्तरता पाएका थिए। मन्त्री बन्ने निश्चित भएका सापकोटा, शर्मासहितका सांसदहरु तीन जना दोहोरिँदा आफ्नो अवसर खोसिएको भन्दै ‘आगो’ भएको माओवादी स्रोतले बतायो।

सांसदहरुबीच चर्को भनाभन हुँदा पनि प्रधानमन्त्री दाहाल भने त्यसलाई रोक्ने प्रयास गरेनन्। ‘प्रधानमन्त्री भनाभन हुँदा चुपचाप बसे । यद्यपी नारायण प्रचण्डका सहोदर भाई भने होइनन् । पार्टी भित्रैको असन्तुष्टि राष्ट्रिय सभामा पोखिने त होइन हेर्न बाँकी छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसको १६, एमालेका १०, नेकपा एसका ८, जसापका ३, लोसपा र राजमोका एकएक सदस्य छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts