कर्णाली पुलमाथी ट्रकमा लागेको आगो नियन्त्रणमा ल्याउन कठिन,पुलका लट्ठामा सल्केको आगो भने नियन्त्रणमा

कञ्चनपुर । कर्णाली पुलमा गुडिरहेको ट्रकमा लागेको आगो नियन्त्रणमा ल्याउन कठिन भएको छ। ट्रकमा रहेका लाइटरका कारण दमकलबाट पानीको फोहराले आगो नियन्त्रणमा ल्याउन कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

‘लाइटरको ग्यासले गर्दा पानीको फोहरा हान्दा पटाका जस्तै पट्किएर आगो झन् सल्किरहेको छ। अहिले जेसिबीले बालुवा ओसारेर नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ’, डीएसपी कुलदिप चन्दले भने, ‘पानीको फोहराबाट नियन्त्रणमा लिने प्रयास जारी नै राखेका छौँ।’

उनका अनुसार ट्रकबाट पुलका लट्ठामा सल्केको आगो भने नियन्त्रणमा आएको छ। ट्रक जलेर नष्ट हुने अवस्थामा पुगेपनि आगो नियन्त्रणमा आएको छैन।

कैलाली र बर्दियाका स्थानीय पालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास जारी छ।

सोमबार वीरगञ्जबाट महेन्द्रनगर आउँदै गरेकोे ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको थियो।

ट्रक चालक र सहचालक सकुशल छन्। ट्रकमा एक करोड भन्दा बढी मूल्य बराबरको लाइटर रहेका थिए। आगलागीको कारण भने खुल्न सकेको छैन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts