काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिवको जिम्मेवारी एक नारायण अर्याललाई दिएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई गृहको सचिवमा सरुवा गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले जानकारी दिए । अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए ।
गृह प्रशासनमा लामो अनुभव भएका अर्याल निजामती कर्मचारीमा एक इमान्दार, निर्भीक र काबिल प्रशासकको रूपमा चिनिन्छन् । प्रत्येक जिम्मेवारीमा कुशलता र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रशासकको रुपमा अर्यालले कर्मचारी प्रशासनमा आफ्नो छवि बनाएका छन् ।