सन्दीपविरुद्धको बलात्कार मुद्दा : गौशला–२६ पनि पुगिन् उच्च अदालत

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित युवती गौशला–२६ को तर्फबाट पनि उच्च अदालत पाटनमा पुनरावेदन परेको छ।

उक्त मुद्दामा सन्दीपलाई अधिकतम् सजाय हुनुपर्ने मागदाबीसहित सरकारी वकिलको कार्यालय काठमाडौं जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन दिएको हो।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बालात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइसकेको छ।

जिल्ला अदालत काठमाडौंको उक्त फैसला उल्ट्याइ सफाइ दिन माग गर्दै सन्दीपले यसअघि नै पुनरावेदन गरिसकेका छन्।

जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएपछि सन्दीपको खेल जीवनमा करिब पूर्णविराम लागेको छ। यस्तोमा सन्दीप उच्च पगेका थिए। अब पीडितको तर्फबाट जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन दर्ता भएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts