काठमाडौं । नायिका आँचल शर्मा आफ्ना अभिव्यक्ति र गतिविधिलाई लिएर बेलाबेला चर्चामा आइरहन्छिन् । त्यसो त अभिनयकलामा पनि उनी अब्बल नै छिन् ।
विवाहपछि झन् बढी चलेकी नायिका पनि हुन् आँचल । विवाह गरेपछि नायिकाहरुको करियर सेलाउँछ भन्ने मान्यतालाई चिरेर उनले आफूलाई झनै तेजिलो रुपमा प्रस्तुत गरिरहेकी छन् । विवाहपश्चात उनले आफ्नो शरीरलाई मेन्टेन गर्न पनि निकै मेहनत गरिन् । शरीरमा ल्याएको परिवर्तनलाई लिएर कतिले आलोचना पनि गरे । तर पनि उनले मेहनत गर्न भने छाडिनन् । फलतः अहिले उनले आफ्नो शरीरमा गजबको लचकता ल्याएकी छन् ।
केही समयअघि आँचल आफ्नो श्रीमानसँग घुमघामका लागि फिलिपिन्स पुगेकी थिइन् । उनले फिलिपिन्सको बोरा आइल्यान्डमा बिकिनी लगाएर खिचेका तस्विरहरु आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरिन् । शरीरमा रुपान्तरण ल्याएसँगै उनी बिकिनीमा निकै हट देखिएकी थिइन् । योभन्दा अघि उनले कहिल्यै बिकिनी लगाएका तस्विरहरु पोष्ट गरेकी थिइनन् ।






