चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन्।

चैत ११ गते बेइजिङ जाने तय भएको मन्त्री श्रेष्ठले जानकारी दिए।

चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ जान लागेको मन्त्री श्रेष्ठले बताए। परराष्ट्र मन्त्रालय स्रोतका अनुसारले उनले बेइजिङमा विदेश मन्त्री वाङबाहेक अरू केन्द्रीयस्तरका नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

मन्त्री श्रेष्ठ बेइजिङबाट छ्वाङछिन, लासा र छेन्दु जाने कार्यक्रम रहेको छ। चैत १३ गतेदेखि चीनको हाइनानमा हुने बोआओ फोरममा भने मन्त्री श्रेष्ठ उपस्थित हुने छैनन्।

उक्त फोरममा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटा जाने तय भएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts