समाजवादी मोर्चामा एमाले सहभागी नहुने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन्।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि ओलीले सो कुरा बताएका हुन्।

नेकपा एमाले पनि समाजवादी मोर्चामा सहभागी हुने हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भनेका छन्, ‘होइन।’

शुक्रबारको भेटमा प्रधानमन्त्रीसँग सकारात्मक कुराकानी भएको ओलीले बताएका छन्।

‘समसामयिक विषयमा प्रधानमन्त्रीजीसँग राम्रो कुरा भयो,’ उनले भेटपछि सञ्चारकर्मीसँग भने।

मोर्चाका संयोजक समेत रहेका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले बिहीबार साँझ ओलीसँग भेट गरेका थिए। भेटमा उनले समाजवादी मोर्चामा सहभागी हुन आग्रह गरेका थिए।

शुक्रबार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि सहभागी गराउने निर्णय गरेको थियो।

सो बारेमा एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिइएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts