उपसचिव सापकोटालाई ८४ लाख भ्रष्टाचारको मुद्दा

काठमाडौँ । विराटनगर भन्सार तात्कालिन प्रमुख उपसचिव ताराप्रसाद सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्चाचारको मुद्दा चलाएको छ।

विशेष अदालत काठमाडौंमा उनीसँगै तत्कालीन भन्सार अधिकृत नवकुल शर्मा समेत मुद्दा दायर गरेको हो।

देव इन्टरनेसनल प्रालिले आयात गरेको वस्तु जाँचपास गर्दा ८४ लाख ५५ हजार ६ सय ५ रुपैयाँ राजस्व छली भएको अख्तियारले आरोप लगाएको छ।

कम्पनीले चीनबाट आयात गरेको वस्तुको प्रज्ञापनपत्र गत वर्ष पुस २० गते दर्ता गरेपछि सिस्टमबाट नै डिलिट गरिएको भन्ने उजुरी अख्तियारमा परेको थियो।

उक्त उजुरीउपर छानमिन गर्दा राजस्व छली भएको देखिएको छ। सापकोटाले गरेको कामकारबाहीमा अर्थ मन्त्रालयले समेत छानबिन गरेको थियो।

अर्थ मन्त्रालयले छानबिन गरेपछि पुनः प्रज्ञापन पर्दा सिस्टममा इन्ट्रि गरेको देखिएको अख्तियारको भनाइ छ। जसमा भन्सार मूल्याङ्कन समेत फरका पारिएको उल्लेख छ।

जसले पैठारीकर्तालाई गैरकानुली लाभ तथा नेपाल सरकारको राजस्व चुहावट भई नोक्सान पुगेको पुष्टि भएकोले मुद्दा दायर गरेको अख्तियारको भनाइ छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts