मेलम्ची र सुन्दरीजलको पानी घरको आँगनबाटै काठमाडौंलाई जान्छ तर गोकर्णेश्वरकै जनता शुद्ध खानेपानीको अभावमा

काठमाडौं । मेलम्ची खानेपानी आयोजना एक नवीन परियोजना हो । राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पानी कलेक्सन केन्द्र गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १ स्थित सुन्दरीजलमा पर्छ । तर गोकर्णेश्वर नगरपालिकाका जनतालाई भने मेलम्ची खानेपानी वितरण गरिएको छैन । गोकर्णेश्वर नगरपालिकाले खानेपानी उपलब्ध गराउन भन्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पत्र समेत बुझाएको थियो । तर मंगलबार भने गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ९ स्थित आरुबारीमा मेलम्ची खानेपानी आयोजनाले बनाउँदै गरेको खानेपानी ट्यांकीको अनुगमन गरिएको छ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालको उपस्थितिमा खानेपानी मन्त्री राजेन्द्र कुमार राईले उक्त खानेपानी ट्यांकीको अनुगमन गरेका हुन् । यो सँगै छिट्टै गोकर्णेश्वर नगरपालिकाका वडा नं ५ देखि ९ नम्बर वडा सम्मका जनतालाई पानी वितरण गरिने भएको छ ।

लामो समयदेखि गोकर्णेश्वरका जनतालाई सहज रुपमा पानी वितरण गर्ने कार्यमा लगातार मेयर रिसाल एक्लै लडिरहेका छन् । उनले गोकर्णेश्वरबासीलाई मेलम्ची र सुन्दरीजलको पानी वितरण अविलम्ब गर्नुपर्ने माग समेत राख्दै आएका थिए ।

मेलम्चीको पानी यहि नगर भएर अन्यत्र लैजाने तर गोकर्णेश्वर नगरबासीलाई बेवास्ता गर्ने हो भने पानी वितरणमा अवरोध समेत सिर्जना हुन सक्ने मेयर रिसालले चेतावनी दिएका छन् ।

मेलम्ची र सुन्दरीजलको खानेपानी गोकर्णेश्वरकै बाटो हुँदै गएपनि नगरबासीलाई भने अहिले शुद्ध खानेपानीको अभाव रहेको छ ।
नगरबासीले शुद्ध खानेपानी पिउन पाउनु पर्ने नगरपालिकाको पहिलो प्राथमिकता रहेको र सोहि अनुसार मेलम्ची र सुन्दरीजलको पानी वितरण गरिदिनु पर्ने माग सहित मेयर रिसालले खाने पानी मन्त्री राईलाई आरुबारीमा बन्दै गरेको खानेपानी ट्यांकीको अनुगमन गर्न भनेका थिए ।

मेलम्ची खानेपानी आयोजना अन्तर्गत आरुबारीमा बन्दै गरेको निर्माणधिन खानेपानी ट्यांकी निमार्ण प्रक्रियाको अन्तिम चरणमा रहेको छ । खानेपानी मन्त्री राजेन्द्र कुमार राईले गोकर्णेश्वरका जनतालाई छिट्टै मेलम्चीको पानी वितरण गर्ने बताएका छन् । उनले पानी वितरणको पहल भइरहेको समेत बताएका छन् ।

गोकर्णेश्वर नगरवासीलाई पानी खुवाउन खटिएका मेयर रिसाल जसले मन्त्री बोलाएर खानेपानी ट्यांकीको अनुगमन गरे ।

खानेपानी ट्यांकीको अनुगमनमा माननीय शान्ति श्रेष्ठ, उप(मेयर सान्नानी लामा, पूर्व सांसदहरु, वडा अध्यक्षहरूका साथै अन्य जनप्रतिनिधिको समेत उपस्थिति रहेको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts