कान्तिपुरको समाचारमा रविको व्यंग्य : भोली आलु काउली कि काउली आलु ?? कि मिक्स ??

जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो?

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम सहकारीमा आफ्ना नाममा नक्कली खाता सिर्जना गरी ऋण प्रवाह गरेको देखाइएको भनेर प्रस्टीकरण दिएका छन्।

लामिछानेले २ करोड रूपैयाँ ऋण लिएको विवरणसहित रूपन्देही प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सोमबार सरकारी वकिलले जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दायर गरेको छ। सुप्रिम सहकारीका पूर्वअध्यक्ष जीबी राईसहित २८ जनाविरूद्ध मुद्दा चलाइए पनि लामिछानेलाई प्रतिवादी बनाइएको छैन।

लामिछाने शक्तिमा रहेका कारण उन्मुक्ति दिएको भनेर टीकाटिप्पणी भएपछि मंगलबार साँझ उनले २ बुँदे स्पष्टीकरण फेसबुकमा लेखेका छन्।

उनले लेखेका छन्, ‘ऋण लिएको होइन, मेरो व्यक्तिगत खातामा सहकारीको पैसा आएको, लिएको, गएको केही होइन, छैन।’

आफ्नो नाम मात्र लेखिएको र ऋण निलएको भन्दै उनले अगाडि लेखेका छन्, ‘अनुसन्धानले देखाएअनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाईसी फर्म, तीन पुस्ते विवरण लगायतका कुनै विवरण छैन। ल्याप्चे, हस्ताक्षर समेत छैन। अर्थात् मैले ऋण लिएको छैन। मेरो नाम लेखिएको मात्रै छ। रकम जम्मा गर्नेले स्पष्ट भनेकी छिन् कि कसैले नाम लेखिदिनू भनेको भरमा रवि लामिछानेको नाम लेखिदिएको मात्रै हो।’

उनले प्रश्न गरेका छन्, ‘के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो?’

जीबी राई रविका पूर्वव्यावसायिक साझेदार हुन्। जीबी ग्यालेक्सी फोरके टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्कका अध्यक्ष हुन्। उक्त कम्पनीमा रवि सेयर लगानीकर्ता हुनुका साथै प्रबन्ध सञ्चालक पनि थिए।

रविले अभियोगपत्रमा आफूले गैरकानुनी ऋण लिएको भन्ने पुष्टि नभएको पनि जिकिर गरेका छन्।

‘अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रालिमा तत्कालीन समयमा सेयरधनी रहेकोबाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टि भएको कतै केही छ?’ उनले थप प्रश्न गरेका छन्, ‘म जीबी राईले ल्याएको लगानीको आम्दानीको स्रोत हेर्ने अधिकारी थिएँ कि? ऋण मागकर्ता थिएँ कि? ऋण दिने सहकारीको आधिकारिक व्यक्ति थिएँ? कि म दुई चार करोड ठगठाग गरेर जीवन धान्नुपर्ने हैसियतहीन मान्छे हुँ?’

अभियोगपत्रले त स्पष्ट पारेको रहेछ तर सञ्चार माध्यमले छुट्टै अभियोगपत्र प्राप्त गरे कि भनेर पनि उनले सोधेका छन्।

अदालतमा अभियोगपत्र दायर भएको मुद्दामा सहकारी सञ्चालनमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका २८ प्रतिवादीले के कति रकम ठगी गरी हिनामिना गरे भनी बिगो दाबीसहित प्रतिवादी कायम भइसकेकोले नक्कली ऋणी सिर्जना गरिएको व्यक्तिलाई बयान लिने, मुद्दा दायर गर्ने, प्रतिवादी कायम गर्ने कार्य आफै कानुनविपरीत हुने उनको प्रस्टीकरण छ।

उनले आफू सहकारी ठगी कार्यमा कहीँकतैबाट नजोडिएको र नदेखिएको पुष्टि हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न अनुरोध पनि गरेका छन्।

यस्तो छ उनको स्टाटस

कान्तिपुर लगायतका केही मिडियाहरुले आज फरक तरकारी पस्केछन्। “आलु काउली” खाँदा खाँदा वाक्क लाग्याथ्यो। आज “काउली आलु” आएछ। फरक त्यत्ति हो।

भ्रम पढेर भ्याइ सकियो होला भन्ने सम्झेर केही तथ्यहरु २ बुँदामा राख्दैछु:

बुदा नं. १:

रवि लामिछानेको नाममा Fake धितो ऋण खाता Create गरी ऋण प्रवाह भएको देखाइएको हो ऋण लिएको होइन, मेरो ब्यतिगत खातामा सहकारीको पैसा आएको लिएको गएको केही होइन,छैन।

अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, KYC फर्म, तिनपुस्ते विवरण लगायतका कुनै विवरण छैन। ल्याप्चे, हस्ताक्षर समेत छैन। अर्थात मैले ऋण लिएको छैन। मेरो नाम लेखिएको मात्रै छ। रकम जम्मा गर्नेले स्पष्ट भनेकी छिन कि कसैले नाम लेखिदिनु भनेको भरमा रबि लामिछानेको नाम लेखिदिएको मात्रै हो।

के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो?

के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी भएको छ र?अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालिन समयमा शेयरधनी रहेको वाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टी भएको कतै केही छ?म जीबी राई ले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक ब्यक्ति थिए? कि म दुई चार करोड ठग ठाग गरेर जीवन धान्न पर्ने हैसियतहिन मान्छे हुँ?

अभियोग पत्रले त स्पष्ट पारेको रहेछ त। कि कान्तिपुरले छुट्टै अभियोग पत्र प्राप्त गर्यो? अदालतमा अभियोगपत्र दायर भएको मुद्दामा सहकारी संचालनमा महत्वपूर्ण जिम्मेवारीमा रहेका २८ जना प्रतिवादीहरूले के कति रकम कुन प्रतिवादीले ठगी गरी हिनामिना गरेको भनी विगो दावी सहित प्रतिवादी कायम भइसकेकोले Fake ऋणी Create गरिएको व्यक्तिलाई वयान लिने, मुद्दा दायर गर्ने, प्रतिवादी कायम गर्ने कार्य आफै कानून विपरीत होइन र? प्रमाण चाहिन्न? कि कान्तिपुर हेडलाईन नै सारा प्रमाण हुन् ? नाम लेख्दै ऋण लिदै तिर्दै गरेका कयौं मान्छे मध्य म पनि एक रहेछु।कान्तिपुर कै एक कर्मचारी पनि रैछन। अनि गैरकानुनी ऋण प्रवाहमा मेरो कसरी संलग्नता हुन्छ?

कान्तिपुरको समाचारमा आए जस्तो सरकारी वकिलले अभियोगपत्रमा रवि लामिछानेले गैरकानुनी रुपमा ऋण लिएको पुष्टी भएको छैन ।

बुदा नं.२: बुदाँ नं १ पटक पटक पढ्नु होला, बुझ्ने गरि पढ्नु होला।

अन्त्यमा:

म सहकारी ठगी कार्यमा कहि कतैवाट नजोडिएको र नदेखिएको प्रमाण सहितको तथ्य पुष्टी हुदाहुदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध गर्दछु।

फौजदारी न्यायको सिद्दान्तले प्रमाण र कानुनको आधारमा दोषी प्रमाणित गर्नु पर्छ भन्छ | प्रमाणको अभावमा कानून विपरीत मलाई वलजफ्ति प्रतिवादी कायम गराउन विशेष गरि कान्तिपुर किन उत्प्रेरित गरिरहेको छ ?

यसको जवाफ मै खोज्छु,छिट्टै खोज्छु। थोरै धैर्य गर्नु होला। मैले आज सम्म आफ्ना शुभ चिन्तकहरुलाई निराश बनाएको छैन।

भोलि आलु काउली कि काउली आलु?? कि मिक्स ??

ह्यापी चैत दशै!!!

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts