रुपन्देही । अर्घाखाँचीको मालारानी -५ वाँगीस्थित श्री शान्ति माध्यमिक विद्यालयले हीरक महोत्सव भव्य रुपमा मनाएको छ ।
विधालय स्थापनाको ६२ औं वर्षमा बुधबार भव्य कार्यक्रम गरि हीरक महोत्सव मनाएको हो । लुम्बिनी प्रदेश मुख्यमन्त्री जोख बहादुर महरा प्रमुख अतिथि रहेको कार्यक्रममा पूर्व राज्यमन्त्री शुशिला सिर्पाली,प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी,लुम्बिनी प्रदेश मन्त्री चेतनारायण आचार्य,प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री,सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ ,मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई,उपाध्यक्ष दिपा पोख्रेल,वडाध्यक्ष तिलक मिश्र लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले विधालयले मनाएको हीरक महोत्सव र आफ्नो उपस्थितिले आफुमाथि अझै जिम्मेवारी थपिएको बताए । “म हीरक महोत्सवमा सहभागी हुन पाउँनु एकातिर गर्वको कुरा छ भने अर्को तर्फ विद्यालयको शैक्षिक गुणस्तर र स्तरोन्नति बढाउने कार्यमा अझ बढि जिम्मेबार बनाएको छ” मुख्यमन्त्री महराले भने “विद्यालयको थप प्रगति र शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारबाट हुने र सक्ने सहयोग पुर्णरूपमा हुने छ” । उनले अधिकाशं सरकारी विधालयमा ठुला भवन र काविल शिक्षक प्रशस्त हुने तर विद्यार्थि नहुने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।’हाम्रा सरकारी विद्यालयमा काविल र सक्षम शिक्षकसँगै संरचनाहरु हुँदाहुँदै पनि शैक्षिक गुणस्तर कमजोर हुनु र प्राइभेटमा अभिभावकको मोह बढ्नुको कारण के हो भन्दै प्रश्न गरे । “तपाईहरुकै विद्यालयबाट पढेका विद्यार्थी प्रोफेसर, डाक्टर इन्जीनीयर,व्यवसायी,सरकारी उच्च ओहदामामा पुगेका छन् तथापी पछिल्लो समय अभिभावहरुको मोह प्राइभेट विद्यालयहरुमा हुनु कतै न कतै हामीहरुबाट पनि कमजोरी भएको छकी समिक्षा गर्नुपर्छ ।”

मुख्यमन्त्री महराले बढ्दो बेरोजगारी चुनौतीको रूपमा खडा भएको भन्दै त्यसको रोकथाम गर्नुपर्ने बताए । उनले वैदेशिक रोजगारी तथा नेपालमा केही नहुने भन्दै विदेशिने परिपाटी दुखद भएको उल्लेख गर्दै कामको सम्मान र उचित पारिश्रमिक दिलाउन सके नेपाली युवा विदेशीनु पर्ने परिपाटी अन्त्य हुने बताए । “हाम्रो ध्यान नेपालमै रोजगार सृजना गरि युवाहरूलाई आफ्नै मातृभुमीमा कर्म गर्ने वातावरण बनाउन लागिपरेका छौ,बढ्दो बेरोजगारी चुनौतीका रूपमा खडा भएको छ, त्यसको अन्त्य गर्नुपर्छ” उनले भने

कार्यक्रयलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग तथा सौजन्य गरेका थिए। झण्डै १३०० जनाको उपस्थिति रहेको कार्यक्रममा नवदिप युवा क्लबले निशुल्क खानेपानी वितरण गरेको थियो ।






