रहेनन् गजलकार पंगेनी

काठमाडौँ । गजल तथा साहित्यकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ।

उनको ७० वर्षको उमेरमा मंगलबार पोखरामा निधन भएको हो।

स्वास्थ्यमा समस्या आएपछि उनलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो। निमोनियाको उपचारकै क्रममा उनको निधन भएको बताइएको छ।

उनका गजल तथा कविता संग्रह प्रकाशित छन् भने दुईवटा गीत संग्रह पनि प्रकाशित छन्।

भोलि बिहान १२ः१० बजे मणिपाल अस्पतालबाट उनको शवयात्रा सुरू गरी भलाम जाने बाटोमा रहेको फुलबारी घाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts