एम पक्स भित्रन नदिन सीमानाकामा विशेष ख्याल गर्न स्वास्थ्यमन्त्री पौडेलको आग्रह

काठमाडौं । स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको बैठक केन्द्र प्रमुख एवं स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको अध्यक्षतामा मन्त्रालयमा सम्पन्न भएको छ ।

बैठकमा स्वास्थयमन्त्री प्रदीप पौडेलले नेपाल र छिमेकी देशका सीमानाकाहरुमा एम पक्स भित्रन नदिन सीमानाकामा विशेष ख्याल गर्न र केही सूचना प्राप्त भएमा सम्बद्ध निकायमा रिपोर्ट गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।

अस्पतालहरुको सेवा सुधार र लाइन कम गर्नका लागि यथासम्भव उपाय अपनाउन भन्दै शल्यक्रियाका लागि बिरामीको चाप बढेमा एक अर्कामा सम्प्रेषण गर्ने मन्त्री पौडेलको आग्रह थियो । अस्पतालहरुमा अब डिजिटल रिपोर्ट प्रदान गर्ने व्यवस्था लागु भएको भन्दै त्यसलाइ कडाइसाथ कार्यान्वयन गरेर सघाउनसमेत आग्रह गरे।

बैठकले एमपक्स रोकथामका लागि सचेतना अपनाउँदै निगरानी प्रभावकारी बनाउने निर्णय गरेको छ । साथै, शल्यक्रियाका बिरामीको चाप बढी भएका अस्पतालले एक आपसमा सहकार्य गर्दै बिरामीले कम समय कुर्नुपर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

अस्पतालको पूर्वतयारी तथा प्रतिकार्य योजना डिजिटल रुपमा अद्यावधिक गर्नेसमेत निर्णय बैठकले गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts