दाउन्ने एग्रो फार्मले १० कराेडकाे आईपीओ जारी गर्ने

बुटवल । दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले सर्वसाधारणका लागि १० करोडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ।

फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले १० करोडको आईपीओ जारी गर्ने निर्णय गरेको हो।

नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) विनयीत्रिवेणी गाउँपालिका–३ को सर्दीमा करिब ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’मा सो कम्पनीको अहिले चार लाख कुखुरा रहेका छन् । कम्पनीले निकट भविष्यमै छ लाख कुखुरा पुर्‍याउने लक्ष्य लिएको छ।कुखुरापालन क्षेत्रमा आइपिओ जारी गर्ने ‘एग्रो फार्म’ पहिलो भएको कम्पनीले दाबी गरेको छ।

वि.सं. २०७४ मा स्थापना भएको यस कम्पनीमा सुरुआतमा एक लाख कुखुरापालन गरिएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts