काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छन्।
शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन्। उनले विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्नेगरी विधेयक ल्याउनुपर्ने बताइन्।
उनले अब विश्वविद्यालय कस्तो हुने? भन्ने किसिमको निर्धारण हुनेगरी विधेयक बनाउनुपर्ने बताइन्।
मन्त्री भट्टराईले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरूको अन्त्य गर्नुपर्ने गरी ऐन ल्याउनुपर्ने बताइन्।। अहिलेको ड्राफ्टमा नआएको भएपनि समितिले छलफल गरेर अघि बढाउनसक्ने उनको भनाई थियो।
शिक्षामन्त्री भट्टराईले भनिन्, ‘अब विश्वविद्यालय कस्तो हुने? त्यहाँ हुने जस्ता खालका गतिविधिहरु छन्, खासगरी म त त्यसलाई राजनीतिक भन्दिन, अराजनीतिक गतिविधिहरू छन्, त्यो अराजनीतिक गतिविधिलाई अन्त्य गर्ने हो भने विश्वविद्यालयको स्टाटस के हो त? कस्तो हुनुपर्छ भन्नेकुरा यो ऐनमा व्याख्या गरौँ। जुन कुरा यो ड्राफ्टमा आएको छैन। त्यसको लागि समितिलाई म अनुरोध गर्न चाहन्छु।’
मन्त्री भट्टराईले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरूको अन्त्य गर्न जरुरी रहेको बताइन्।