क्यान्सर पीडित ५ बर्षिय बालकलाई शान्तीदीपको आर्थिक सहयोग

रुपन्देही । लायन्स क्लव अफ बुटवल शान्तीदीपले क्यान्सर पीडित बालकको उपचारार्थ आर्थिक सहयोग गरेको छ । गुल्मी छत्रकोट-६ निवासी वर्ष ५ का एरिकजङ्ग बस्नेतको उपचारार्थ क्लवले ५ हजार आर्थिक सहयोग गरेको हो ।

क्लवले संस्थापकको सम्झनामा सप्ताहव्यापी कार्यक्रम हङ्गर रिलिफ कार्यक्रम अन्तर्गत (दोस्रो कार्यक्रम ) बल्डक्यान्सर पीडित बालकको उपचारको लागि आर्थिक सहयोग गरेको हो ।

सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर सन्दिप कशौधनको उपस्थितिमा पीडित बस्ने तकाे उपचारार्थ ५ हजार आर्थिक सहयोग गरेको क्लवका अध्यक्ष विशाल पन्थीले जानकारी दिए । उनका अनुसार शान्तिदीपले मेल्भिक जोन सर्भिस वीकका कार्यक्रम अन्तर्गत १० वटासम्म सामाजिक कार्य गर्ने छ।

पीडित बालक काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार गराइरहेका छन् ।घरको आर्थिक अवस्था कमजोर र उपचार खर्चिलो भएका कारण उपचारको लागी आर्थिक सहयोग गरिदिन परिवारले अपील गरेका छन् ।

क्लवले आजै बुटवल १३ बेलबास जबइस्थित लुम्बिनी दृष्टि बिहिन तथा अपाङ्ग आश्रमका झण्डै २० जना आश्रीतलाई खाना समेत खुवाएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts