लायन्स शान्तीदीपद्वारा दृष्टिविहिन आश्रममा खाना

रुपन्देही । लायन्स क्लव अफ बुटवल शान्तीदीपले दृष्टि बिहिन तथा अपाङ्ग आश्रममा खाना खुवाएको छ । बुटवल १३ बेलबास जबइस्थित लुम्बिनी दृष्टि बिहिन तथा अपाङ्ग आश्रमका झण्डै २० जना आश्रीतलाई खाना खुवाएको हो ।

क्लवले संस्थापकको सम्झनामा सप्ताहव्यापी कार्यक्रम हङ्गर रिलिफ कार्यक्रम अन्तर्गत आश्रममा रहेका आश्रीतलाई खाना खुवाएको हो ।

क्लवका अध्यक्ष विशाल पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर सन्दिप कशौधनले क्लवले गरेको सामाजिक कार्यले सिंगो लायन्सको साख उठाएको बताए । उनले स्थापनाकालदेखि नै शान्तिदीपले सेवाका काम धेरै गर्दै आएको र मेल्भिक जोन सर्भिस वीकमा समेत धेरै कार्य गर्नेमा आफू विस्वस्त रहेको उल्लेख गरे ।

कार्यक्रममा लायन्स एरिया चिफ बिमला गैरे, रिजन चेयर पर्शन बाबुराम खनाल, बेदप्रसाद गैरे, आश्रमका अध्यक्ष पदम सुनार लगायत क्लवका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

क्लवका सहसचिव जालन्धर भुसालको संयोजकत्वमा भएको कार्यक्रम सचिव लक्ष्मीनारायण खनालको सञ्चालनमा भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts