महाकुम्भ मेलामा भागदौड मच्चिदा केही हताहती भएको आशंका

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा गए राति भागदौड मच्चिएको छ । उक्त भागदौडमा परी केही व्यक्ति हताहत भएको आशंका गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मध्य राति भागदौड मच्चिएपछि श्रद्धालुहरूले मेला व्यवस्थापनको विषयलाई लिएर गम्भीर सवाल उठाइरहेका बीबीसीले जनाएको छ । भागदौड मच्चिएपछि मानिसहरूका सामान, कपडालगायत यत्रतत्र देखिएका छन् । मानिसहरू विचलित अवस्थामा देखिएको बीबीसीले उल्लेख गरेको छ ।

TOPSHOT – A devotee reacts at the site of a stampede amid the ongoing Maha Kumbh Mela festival in Prayagraj on January 29, 2025. (Photo by ARUN SANKAR / AFP)

भागदौडमा परी भएका हताहती र घाइतेहरूको यकिन विवरण आधिकारिक रूपमा अहिलेसम्म पनि सार्वजनिक भएको छैन । अचानक भागदौड मच्चिएपछि मानिसहरू अत्तालिएका उक्त घटनामा घाइते भएका एक व्यक्तिले बताएका छन् ।

बीबीसी हिन्दीले एएफपीलाई उद्धृत गर्दै लेखेको छ( प्रयागराजका एक चिकित्सकले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा उक्त घटनामा परी कम्तिमा १५ जनाको मृत्यु भएको र थुप्रै घाइते भएको बताएका छन् । यद्यपि, प्रशासनले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन ।

बुधबार मौनी अमावश्याको अवसरमा कुम्भ मेलामा अमृत स्नान हुन गइरहेको थियो । त्यसअघि यो घटना भएको छ । प्रयागराज मेला प्राधिकरणका आकांक्षा राणाले पत्रकारहरूलाई केही स्थानमा ब्यारियल भाँचिएको खबर आएको बताएका छन् ।

जसका कारण भागदौडको स्थिति आएको तर स्थिति गम्भीर नरहेको उनको भनाइ छ । भागदौडमा घाइते भएकाहरूको उपचार भइरहेको उनले जानकारी दिएका छन् ।

घटनालगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरेको आजतकले जनाएको छ । साथै सावधानी अपनाउँदै अमृत स्नान रद्ध गरिएको पनि समाचारमा जनाइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts