आव ०८२/०८३ को बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि साढे १९ खर्बभन्दा बढीको बजेट ल्याएको छ । बिहीबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत छुट्याइएको छ । त्यस्तै सरकारले पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत छुट्याएको छ ।

यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी रहेको छ । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरेको छु, अर्थमन्त्री पौडेलले भने ।

सरकारले विनियोजन बजेटका लागि स्रोतको पनि अनुमान गरेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब उठाइने पौडेलले बताए । त्यस्तै वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड खर्च व्यहोरिने सरकारको अनुमान छ ।

राजस्व र वैदेशिक अनुदानबाट ५ खर्ब ९५ अर्ब ६६ करोड रकम न्यून हुनेछ । त्यसको पूर्तिका लागि वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री पौडेलले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts