काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो र माथिबाट खसेको लेदोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ । तुइनखोला पुल र नाम्सि खोलाको नयाँ पुलमा माथिबाट ढुंगा खस्दा सडक अवरुद्ध भएको हो ।
सडक डिभिजन भरतपुरका अनुसार सडकमा जमेको पहिरो र लेदो हटाउ डिभिजनका उपकरण परिचालन गरी सफाइको काम भइरहेको छ । लगातार वर्षा भइरहेका कारण पहिरोको जोखिम अझै कायम रहेकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरिएको छ ।
