बढ्याे पेट्रोल,डिजेल र मट्टीतेलकाे मूल्य,कुनमा कति?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आइतबार राति १२ देखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

निगमले पेट्रोल प्रतिलिटर ३, डिजेल र मट्टितेल ५ रुपैयाँले वृद्धि गरेको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ ।

इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ छ पैसा बढेर आएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर २०० रुपैयाँ पुगेको छ । सुर्खेत र दाङमा १९९ रुपैयाँ कायम भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ रहेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts