मासु व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा थापा र सचिवमा राईभाट निर्वाचित

जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि अन्य पेशा व्यवसाय भन्दा हामी बढि संवेदशिल हुनुपर्छ

बुटवल । मासु व्यवसायी संघ रुपन्देहीको ७ औं अधिवेशनले विशाल थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । मंगलबार बुटवलमा सम्पन्न भएको संघको १३ औ साधारणसभा तथा ७ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । थापा अध्यक्ष रहेको नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा विजय शाही, उपाध्यक्षहरुमा रशन बहादुर खत्री, सुनिता थापा क्षेत्री र गोपाल क्षेत्री सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।

त्यस्तैगरी महासचिवमा थानेश्वर सुवेदी,कोषाध्यक्षमा अहमद हुसेन, सचिवमा ऋषिराम राईभाट, सहकोषाध्यक्षमा देवतस् प्रसाद सापकोटा चयन भएका हुन भने कार्यसमिति सदस्यहरुमा नरसिंह गिरी, दिपेन्द्र चौधरी, झविन्द्र बहादुर केसी, विष्णु खत्री र विष्णु थापा सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।

त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा बिमा थापा, गन कुमारी राना, बिमला थापा,लक्ष्मण प्रसाद श्रेष्ठ,वेद प्रसाद काफ्ले,विष्णु बहादुर जिसी, थानेश्वर पाण्डे र सफि मोहम्मद भाटलगायत निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता यमलाल खनालले जानकारी दिए ।

संघका अध्यक्ष चुरामणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले उपभोक्ताले स्वस्थकर मासु पाउने गरी व्यवसायीले आफ्नो व्यवसायलाई परिमार्जन गर्दै लैजानु पर्ने बताए ।

कार्यक्रममा बुटवल मासु उत्पादन तथा प्रशोधन प्रा. लि. का अध्यक्ष हुमादेवी पौडेल, रुपन्देही कुखुरा पालक संघका अध्यक्ष ऋषिराम काफ्ले, रुपन्देही व्यापार संघका कार्यबाहक अध्यक्ष प्रकाश ढकाल, संघका प्रेस सल्लाहकार थानेश्वर घिमिरेलगायतले मन्तव्य राखेका थिए ।

नव निर्वाचित सचिव एंव आधिखोला फ्रेस हाउसका संचालक समेत रहेका ऋषिराम राईभाटले आफूहरुको व्यवसाय जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिने व्यवसाय भएको भन्दै एकदमै संवेदशिल भएर काम गर्दै आएको बताए । उनले भने “हामीले गुणस्तरमा कुनै कमी हुन दिदैंनौं । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि अन्य पेशा व्यवसाय भन्दा हामी बढि संवेदशिल हुनुपर्छ ।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts