च्यासलमा एमाले नेताहरूको होली

काठमाडौं । नेकपा एमालेका नेताहरूले होली मनाएका छन् । नेताहरूले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नुअघि एकअर्कामा रङ दलेर खुसी साटासाट गरेका हुन् ।

बैठकअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेल लगायतका पार्टी पदाधिकारीहरूले एक अर्कालाई रङ दलेर होली मनाएका हुन् ।

सँगै पार्टीको सचिवालय बैठक पनि सुरु भएको छ । बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । साथै बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts