उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्ने रविन लामा पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चलाउनेमाथि आक्रमण गर्ने लामालाई टोखाबाट पक्राउ गरेको हो ।

यो मुद्दाका अन्य प्रतिवादीहरू पुनरावेदनमा गएको तर लामा पुनरावेदन नगएकाले पक्राउको बाटो खुलेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाको इजलासले ७ मंसिर २०८० चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको थियो ।

२० असोज २०७७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts