गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो,५ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान चितवनको इच्छाकामना गाउँपालिका ५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको छ।

प्रहरीका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो।

दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा १ बालिका, २ महिला र २ पुरुष छन्। मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ट्याक्सी चालक ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही स्थानका ४१ वर्षीय हरिमायां रोकाय, ७० वर्षीय जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय, ९ वर्षीय बालक आगमन रोकाय छन्।

यस्तै बेपत्ता हुनेमा गोरखा नगरपालिका–७ कै ट्याक्सीमा सवार १८ वर्षीय दिवश रोकाय रहेका प्रहरीले जनाएको छ।

दिवस पनि सोहि ट्याक्सीमा रहेको आफन्तले बताएको मुग्लिन प्रहरीले जानकारी दिएको छ। उनीहरु पाँचै जना मलामी गएर फर्कदै गरेको खुलेको छ । दुर्घटनामा परी मृत्यु भएका पाँचै जना काठमाडौंबाट बुबाको दाहसंस्कार गरी गोरखा फर्कदै थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts