स्वास्थ्यमा सुधार आएपछि टोपबहादुर रायमाझी डिस्चार्ज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रायमाझी आज अस्पतालबाट डिस्चार्ज भएका हुन्।

नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले जानकारी दिए।

‘उहाँको स्वास्थ्यस्थितिको ४८ घण्टा अब्जर्भ गर्दा सामान्य देखियो’, उनले भने, ‘मुटुको चाल पनि विस्तारै सामान्य भयो, त्यसैले हिजो राति डिस्चार्ज गरिएको हो।’

मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो। रासस

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts