पोखरामा पल्टियो बस

काठमाडौँ । पोखरामा शनिबार बिहान बस दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्।

पोखरा महानगरपालिका वडा नं. २८ को अर्चलेमा बेगनासताल बस व्यवसायी समितिअन्तर्गतको बस दुर्घटनामा परेको हो।

दुर्घटनापछि बस पल्टिएर ठडिएको छ। घटनामा घाइते दुई जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बसमा चालक र सहचालकमात्र यात्रारत थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts