भागबण्डाकै राजनीति : बागमतीमा आलोपालोमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने

काठमाडौं । सत्तारुढ दलहरुबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । यससँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् ।

एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री जम्मकट्टेल दबावमा परेका थिए । किनकी सोमबार १ बजे प्रदेशसभामा उनले विश्वासको मत लिने कार्यसूचि थियो ।

प्रदेश सरकार अठ्यारोमा परेपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच छलफल भयो । त्यहाँ आलोपालोमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री लिने सहमति भएको एक नेताले जानकारी दिए । ‘आलोपालोमा एकीकृत समाजवादीलाई पनि समेट्ने भन्ने भएको छ’ उनले भने, ‘अहिले माओवादी नेतृत्वको सरकारले निरन्तरता पाउने छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts