सुनको कारोबार हालसम्मकै उच्च,कति पुग्यो तोलामा ?

काठमाडौं । सुनको कारोबार दिनप्रतिदिन उच्च हुँदै गएको । सोमबार सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts