ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प गएपछि जापान र फिलिपिन्समा सुनामीको खतरा

काठमाडौँ । ताइवानमा शक्तिशाली भूकम्प गएपछि जापान र फिलिपिन्समा सुनामी आउने चेतावनी दिइएको छ।

बीबीसीका अनुसार जापानले ओकिनावाको तटीय क्षेत्रबाट मानिसहरूलाई सुरक्षित बाहिर निस्कन सल्लाह दिएको छ। सुनामीको छाल तीन मिटर अग्लो हुन सक्ने आशंका गरिएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार ताइवानमा भूकम्प गएपछि फिलिपिन्सको प्रशासनले तटीय क्षेत्र खाली गर्न आदेश जारी गरेको छ।

ताइवानमा बुधबार बिहान ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। ताइवानमा यो २५ वर्षयताकै शक्तिशाली भूकम्प हो।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा थियो।

चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts