श्रीमती बलात्कारको आरोप लागेका रविले गरे प्रहरीमा आत्मसमर्पण

कञ्चनपुर । वैवाहिक बलात्कार आरोप लागेका गायक रवि ओड बिहीबारदेखि इलाका प्रहरी कार्यालय झलारी ९कञ्चनपुर० को नियन्त्रणमा छन्।

ओडले बिहीबार आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए।

ओडविरुद्ध जिल्ला अदालतबाट ५ दिनको हिरासत म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए।

गायन रियालिटी शो नेपाल आइडल सिजन २ का विजेतासमेत रहेका ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा जाहेरी दिएकी थिइन्।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गराएको थियो।

उनी सांगीतिक कार्यक्रममा देश बाहिर थिए।

बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा ओड आफैँ उपस्थित भएको प्रहरीले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts