ठगीको आरोप लागेपछि लेखा समिति सभापति पोखरेलद्वारा स्वकीय सचिव अनिलकुमार बर्खास्त

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिलकुमार पोखरेललाई बर्खास्त गरेका छन् । 

ठगीको आरोप लागेपछि लेखा समिति सभापति पोखरेलले स्वकीय सचिव अनिलकुमारलाई जिम्मेवारीबाट हटाएका हुन् । अनिलकुमारलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएको पत्र लेखा समिति सभापति पोखरेलले शुक्रबार नै संघीय संसद सचिवालयलाई पठाएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

‘मेरो स्वकीय सचिवका रूपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । निजमाथि लगाइएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु,’ सभापति पोखरेलले संसद सचिवालयलाई पठाएको पत्रमा भनिएको छ ।

यसअघि उच्च अदालत विराटनगरले लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमारलाई ठगीको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो । 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts