काठमाडौं । आयरल्यान्ड एसँगको दोस्रो टी–२० खेलमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले आयरल्यान्ड एलाई ७१ रनले पराजित गरेको हो ।
नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ए १८.३ ओभरमा १ सय २७ रन बनाएर अलआउट भयो । नेपालका लागि सोमपाल कामी र कुशल मल्लले तीन/तीन विकेट लिए ।
कुशल भुर्तेल, विवेक यादव र करण केसीले पनि एक/एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो ।
नेपालका लागि गुल्शन झाले ४६ तथा कुशल मल्लले ३४ रन प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२ र आसिफ शेखले ११ रन बनाए ।
विवेककुमार यादव सात रनमा अविजित रहे । आयरल्यान्ड एका म्याथ्यु फोस्टरले सर्वाधिक तीन, बेन ह्वाइटले दुई तथा फिओन ह्यान्ड र गेभिन होईले एकरएक विकेट लिए ।